टिंकरवासीको मागः छिटै सडक यातायात
काठमाडौं। नेपालले दार्चुलाको ब्यास गाउँपालिकामा पर्ने भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित समेटर नयाँ नक्सा जारी गरेपछि मानव वस्ती रहेको सो क्षेत्रको टिंकर र छाङरुङमा प्रमृुख जिल्ला अधिकारी पुग्दा स्थानीय वासीहरुले आफ्ना गुनासा र मागहरु राखे।
तीनदिन टिंकर र छाङरुङको भ्रमण गरेर दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल बिहीबार दार्चुला सदरमुकाम फर्एिका छन्। उनका अनुसार टिंकर र छाङरुङवासीले खाद्यन्न, स्वास्थ्य र यातायात सुविधाको माग राखेका छन्। प्रमुख जिल्ला अधिकारी पोखरेलले डिसी नेपालसँग फोनमा भने, ‘हामी टिंकटर छाङरुङ पुगेका आएका छौं। त्यहाँ हामीले स्थानीय वासीसँग अन्तरक्रिया गरेका थियौं। उनीहरुको माग खाद्यन्न, सडक यातायात र स्वास्थ्य सुविधामा देखियो।’
ेनेपालले नक्सा जारी गर्नुअघि करिब ७० घर परिवार रहेको टिंकरका वासिन्दा र १३० भन्दा बढि घरधुरी रहेको छाङरुङका वासिन्दाहरुले भारतबाट आवश्यक सामाग्रीहरु ल्याउने गरेका थिए। तर, पछिल्ला दिनहरुमा उनीहरु भारततर्फ गएका छैनन्। प्रजिअ पोखरेलले भने, ‘उता (भारत) पट्टिी सबै कुरा सस्तो छ। यता हाम्रोतर्फ महंगो छ। उहाँहरुले छिटै टिंकर हुँदै ताक्लाकोट जोड्ने सडक निर्माण गरिदिन माग गर्नु भएको छ।’ नेपाललाई चीनसँग जोड्ने टिंकर–ताक्लोट सडक हाल नेपाली सेनाले निर्माण गरिरहेको छ।
टिंकर र छाङरुङमा छिटै एकीकृत सेवा शिविर सञ्चालन गरिने उनले जानकारी दिए।
सो क्षेत्रमा खाद्यन्नको संकट देखिएपछि जिल्ला सदरमुकामबाट केही खाद्यन्न पठाइएको प्रजिअ पोखरेलले जानकारी दिए। उनका अनुसार यो हालै २ सय क्वुन्टल चामल त्यहाँ पठाइएको छ। आफ्नो भ्रमणका क्रममा आफूहरुले अलपत्र परेका ३४ जनाको उद्धार गरेको पनि प्रजिअ अधिकारीले जानकारी दिए।
नेपालले नयाँ नक्सा जारी गरेपछि सीमा क्षेत्रको अवस्थाबारे सोधिएको प्रश्नमा प्रजिअ पोखरेलले भने, ‘सीमा क्षेत्रमा त्यस्तो कुनै तनाव छैन। हामीले सीमा जाँच चौकी स्थापना गरेका छौं। अर्को सीमा जाँच चौकी स्थापना गर्ने तयारी पनि छ। कहिलेकाही नेपालीहरु प्रतिबन्धित क्षेत्रमा पुगेको भन्ने भारतीयहरुको खबर आउने गरेको छ।’ नेपालीहरुले खेतिपाती गरेको भूमिलाई पनि अहिले प्रतिबन्धित क्षेत्र भन्ने गरिएको छ। त्यहाँ नेपाली पुग्दा भारतीयहरुले अवरोध गर्दै आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment