कुकुरको आक्रमणबाट बहिनीलाई बचाउने ६ वर्षीय बालकलाई विश्व बक्सिङ च्याम्पियनको उपाधि
काठमाडौं । कुकुरको आक्रमणबाट बहिनीलाई जोगाएका ६ वर्षीय बालकलाई विश्व बक्सिङ परिषद्ले विश्व बक्सिङ च्याम्पियनको मानार्थ उपाधि दिइएको छ। अमेरिकाको वयोमिङका ६ वर्षीय बालक ब्रिजर वाकरलाई विश्व बक्सिङ च्याम्पियनको मानार्थ उपाधि दिइएको हो ।
वाकरले गत जुलाई ९ मा जर्मन सेफार्ड कुकुरको आक्रमणबाट आफ्नी ४ वर्षीया बहिनीलाई बचाएका थिए । कुकुरले बहिनीलाई आक्रमण गर्न लागेको देखेपछि बहिनीको सहयोगका लागि उनी अघि सरेका थिए । उनले बहिनीलाई बचाउने प्रयास गर्दा कुकुरले उनीमाथि आक्रमण गरेको थियो । उनको मुखसहित शरीरको अन्य भागमा पनि चोट लागेको थियो । यो घटनापछि उनको शरीरमा ९० टाँका लगाइएको थियो ।
We are honored to name 6-year-old, Bridger Walker, WBC Honorary Champion, for his brave actions that represent the best values of humanity. Bridger, you’re a hero ?? pic.twitter.com/L2FqL0K4vw
— World Boxing Council (@WBCBoxing) July 15, 2020
यसबारेमा उनकी काकी निकोलले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यो पोष्ट भाइरले हुदैँ डब्लुबीसीमा पुगेपछि ब्रिजरलाई विश्व बक्सिङ च्याम्पियनको मानार्थ उपाधि दिने निर्णय गरेको हो ।
डब्लुबिसीले ट्वीट गर्दै लेखेको छ, ‘मानवताको विषयमा ६ वर्षे बालक ब्रिडजर वाल्करले देखाएको व्यवहारको उच्च सम्मान गर्दै देखाएको बहादुरीका लागि डब्लुबीसी मानार्थ च्याम्पियन घोषणा गर्न पाउँदा गौवरवान्वित छौं। ब्रिडजर तिमी हिरो हौ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment