धेरै रन बनाउदा पनि टिमबाट हटाईएको सौरभ गांगुलीको खुलासा

डिसी नेपाल
२ साउन २०७७ २२:१५

काठमाडौं । बीसीसीआईका अध्यक्ष र पूर्व भारतीय कप्तान सौरभ गांगुलीले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरको बारेमा ठूलो खुलासा गरेका छन्। गांगुलीका अनुसार उनले सन २००७ मा धेरै रन बनाए पनि उनलाई एकदिवसीय टिमबाट बाहिर निकालिएको थियो । एक बंगाली अखबारलाई दिएको अन्तर्वार्तामा गांगुलीले यो कुराको खुलासा गरेका हुन ।

अन्तर्वार्ताको क्रममा गांगुलीले भने, “मेरो लागि त्यो निर्णय अचम्मको थियो। । मैले त्यस वर्षको क्यालेन्डरमा सबैभन्दा बढी रन बनाउँदा पनि मलाई एकदिवसीय टिमबाट हटाइयो। तपाईंको प्रदर्शन जति राम्रो भएपनि, यदि तपाईंलाई प्लेटफर्मबाट हटाईयो भने तपाईंले के प्रमाणित गर्नुहुन्छ ? तपाईं कसलाई प्रमाणित गर्नुहुन्छ ? म संग सन २००७ मा पनि त्यस्तै भयो।”

सन २००४ मा टिमका कोच ग्रेग चैपलसँगको झगडा पछि गांगुलीलाई कप्तान बाट हटाईएको थियो । यद्यपि उनले सन २००६ मा दक्षिण अफ्रीका बिरुद्धको श्रृंखलाबाट टिममा कमब्याक गर्दै लगातार रन बनाएका थिए ।

त्यसको बाबजुद पनि उनी र राहुल द्रविडलाई २००७–०८ मा अष्ट्रेलिया बिरुद्वको भ्रमणमा टिमबाट बाहिरिएका थिए। त्यसको एक बर्ष पछि गांगुली क्रिकेटबाट अवकाश लिए। यद्यपि गांगुलीले २०१२ सम्म आईपीएल खेलेको थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *