इन्डोनेसियामा व्यापक वर्षापछि आएको बाढीका कारण ३६ को मृत्यु, थप ६६ जना वेपत्ता

डिसी नेपाल
२ साउन २०७७ २३:४८

मेकासार । इन्डोनेसियाको सुलावेसी टापुमा व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन् ।

गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुवानमा परेको र ३६ जनाको मृत्यु भएको र हराइरहेका अन्उ ६६ जनाको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढीले देशको लुहू क्षेत्रका कम्तीमा १४ हजार परिवारको घरहरूमा पूर्णरूपमा क्षति पु¥याएको जनाइएको छ । उनीहरूलाई टेन्ट र अस्थायी टहरा बनाई व्यवस्थापन गरिएको सरकारी अधिकारीले बताएका छन् ।

“वेपत्ता भएका कसैलाई जीवित भेट्ने आशा क्षीण रहेको तर खोजी कार्य जारी रहेको छ,” अलुवुका उद्धार समूहका संयोजक एण्डी मुक्तिले एएफ्पीलाई बताए।

डुवानपछि वस्तीहरूमा दुई मिटरसम्म माटो जमेकोले उद्धारबाट कसैलाई जीवित पाउने आशा हराइसकेको तर खोजी कार्य जारी रहेको उनले बताए ।

बाढीले ल्याएको माटोले हजारौँ घरहरू तथा सरकारी तथा गैर–सरकारी भवनहरूलाई पुरेको बताइएको छ । कतिपयले घरको पानी भाँडाले निकालेर हिलो तथा पानीमाथि नै रात विताइरहेका छन् भने बढी प्रभावित केहीलाई सुरक्षित् स्थानमा सारिएको छ ।

इन्डोनेसिया राजधानी जकार्ताको छिमेकी जाभा टापूमा यस अघि जनवरीमा आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको थियो । इन्डोनेसियामा बाढीका कारण हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *