नेकपा विवादः ओलीको प्रस्ताव ‘अर्ली’ महाधिवेशन, दुबै अध्यक्ष राष्ट्रपतिलाई भेट्न शितल निवासमा
काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको विवादका बीच प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छिटै महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। पार्टी सचिवालयको शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव राखेको नेकपा स्रोतले बताएको छ।
सचिवालयमा रहो ९ मध्ये ५ जना सदस्यहरुले पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागेका थिए। स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि चुलिएको विवादका बीच प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच गएको असाढ १८ यता ६ पटक वार्ता भए पनि विवाद टुंगोमा पुगेको छैन। यहीबीचमा प्रधानमन्त्री ओलीले छिटै महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
महाधिवेशनको मितिबारे भने केही उल्लेख गरिएको छैन। यसअघि नै नेकपाको महाधिवेशन आगामी चैत मशान्तमा गर्ने तय भइसकेको थियो। तर पार्टीमा विवाद बढेपछि प्रधानमन्त्री ओलीले छिटै महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
शनिबारको सचिवालय बैठक सकिएपछि दुबै अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। शनिबार ड बजेपछि ओली र प्रचण्ड शितल निवास पुगेका थिए। उनीहरु किन राष्ट्रपति कार्यालय गए भन्ने विषयमा केही नखुलाइए पनि तत्कालीन एमालेकी उपाध्यक्षसमेत रहीसकेकी राष्ट्रपति भण्डारीले नेकपा भित्रको विवादमा चासो राख्दै आएकी छन्। नेकपा भित्रको विवादका बीच नेकपा शीर्ष नेताहरुको शितल निवास दौड बाक्लिएको छ।
नेकपा सचिवालय बैठक सकियो, विवाद समाधानबारे टुंगो लागेन
शनिबार नेकपा सचिवालय बैठक चलिरहेको समयमा नेकपाका दोस्रो तहका नेताहरू बालुवाटार पुगेका थिए। सचिवालय बैठक जारी रहेको बेला स्थायी कमिटी सदस्य एवं ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ बालुवाटार प्रवेश गररेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment