विश्वभर कोरोनाबाट ८६ लाख बढी निको भए, ६ लाख बढीको मृत्यु

डिसी नेपाल
४ साउन २०७७ ७:३६

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८६ लाख बढी मानिसहरु निको भएका छन् भने, ८ लाख बढीले ज्यान गुमाएका छन्। यस्तै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड ४४ लाख बढी पुगेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म १७ लाख ७५ हजार २ सय बढी मानिसहरु निको भएर घर फर्किएका छन्। यस्तै अमेरिकामै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि सबै भन्दा बढी १ लाख ४२ हजार ८ सय बढी रहेको छ।

हालसम्म अमेरिकाले ४ करोड ७५ लाख ९८ हजार बढीको कोरोना परीक्षण गरेको छ। उक्त परीक्षणबाट ३८ लाख ३३ हजार २ सय बढीमा कोरोना संक्रमण देखिएको ‘वल्र्डमिटर’ले जनाएको छ।

यस्तै, कोरोनाबाट धेरै प्रभावित भारतमा १० लाख ७७ हजारमा कोरोना संक्रमण भेटिएको छ। जम्मा १ करोड ३४ लाख ३३ हजार बढीमा गरीएको परीक्षणबाट १० लाख बढीमा कोरोना संक्रमण देखिएको हो भने हालसम्म २६ हजार ८ सय बढीको मृत्यु भइसकेको छ। यस्तै, ६ लाख ७७ हजार बढीले कोरोना संक्रमण जितेर घर फर्किसकेका छन्।

ब्राजिल पनि कोरोना संक्रमितको संख्यामा अमेरिकापछि आएको छ। जम्मा ४९ लाख ११ हजार बढीमा गरीएको परीक्षणबाट २० लाख ७५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७८ हजार ८ सय बढीको मृत्यु भएको छ भने १३ लाख ७७ हजार ७ सय बढीले कोरोना जितेर घर फर्किएको जनाइएको छ।

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको प्रभाव विश्वका २ सय १५ देशमा देखिएको छ। सुरुवाति भएको चीनमा पछिल्लो समय कोरोनाको प्रभाव घट्दै गएको छ भने, अमेरिका ब्राजिल, भारत, रुस जस्ता देशमा यसको प्रभाव कायम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *