आफ्नो नग्न तस्वीर १५ वर्षका विद्यार्थीलाई पठाउने ‘पूर्व सुन्दरी’ शिक्षिकालाई जेल सजाय

डिसी नेपाल
४ साउन २०७७ १४:३०
16
Shares

काठमाडौं। सुन्दरी प्रतियोगिताकी विजेतासमेत रहिसकेकी एक शिक्षिकालाई १५ वर्षका विद्यार्थीसँग आपत्तिजनक व्यवहार गरेको अभियोगमा जेल सजाय भएको छ । ती शिक्षिकाले १५ वर्षका विद्यार्थीलाई आफ्ना स्तनको तस्वीर पठाएकी थिइन् । २९ वर्षकी रामसे बेथानी बियर्सले स्न्यापच्याटमा कम्तीमा ४ वटा नग्न तस्वीरहरु अमेरिकाको पश्चिमी भर्जिनियाको क्रस लेन्सस्थित एन्ड्रयु ज्याक्सन मिडिल स्कुलका विद्यार्थीलाई पठाएकी थिइन् ।

मेट्रोका अनुसार बियर्स २०१४ मा मिस केन्टुकी विजेता पनि हुन् । उनले अदालतमा ती फोटोहरु आफ्ना श्रीमानलाई पठाउन खोज्दा झुक्किएर ती विद्यार्थीलाई गएको दावी गरेकी थिइन् । उनले ती विद्यार्थीले फोटो देखेपछि आफूलाई थप अरु फोटोहरु पठाउन ब्ल्याकमेल गरेको पनि दावी गरेकी थिइन् । फोटोका कारण आफू समस्यामा पर्ने डरले उनले ती विद्यार्थीलाई थप फोटो पठाएको उनको दावी थियो । अदालतले उनलाई दोषी ठहर गरेर २ वर्ष जेल सजाय सुनाएको हो । जेलबाट छुटेपछि पनि उनी १० वर्षसम्म निगरानीमा रहनुपर्नेछ । उनलाई स्कुलको जागिरबाट निकालिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *