कर्मचारीको मुद्दा हेर्ने प्रशासकीय अदालतका पदाधिकारी नियुक्त, अध्यक्षमा घिमिरे
काठमाडौं। सरकारले कर्मचारीहरुको मुद्दा हेर्ने क्षेत्राधिकार भएको प्रशासकीय अदालतको पदपूर्ति गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासकीय अदालतको अध्यक्षमा पूर्व सचिब डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ।
यस्तै अदालतको सदस्यहरुमा तेह्रथुमकी रिता मैनाली र स्याङ्जाका कृष्णप्रसाद पौडेललाई नियुक्त गरेको छ। प्रशासकीय अदालतका अध्यक्षको पदावधि ५ वर्षको हुनेछ।
गएको असोजमा संसदले प्रशासकीय अदालतको गठन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन पारित गरेको थियो। ऐन पारित भए पनि सरकारले अदालतको पदपूर्ति गरेको थिएन। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदपूर्ति गरेको हो।
कर्मचारीको सरुवा बढुवा सम्बन्धि मुृद्दा अब यो अदालतबाट किनारा लागेपछिमात्र सर्वोच्चमा पुनरावेदन लाग्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment