विपदग्रस्त क्षेत्रको गरिने राहत र पुन:स्थापनाबारे सभामुखको चासो
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग भोटेकोशी बाढी, पहिरो र लगातारको वर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिएका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको छलफलमा कार्यकारी प्रमुख पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लामा गरेको पहिरो सम्बन्धि तथ्यांकका आधारमा सिन्धुपाल्चोक पहिरोका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको जानकारी दिए।
पोखरेलले सिन्धुपाल्चोक जिल्लाभित्र पनि भोटेकोशी गाउँपालिका पहिरोका कारण उच्च जोखिममा रहेकोले सतर्कता अपनाउनुपर्ने अबस्था रहेको बताए।
प्रमुख पोखरेलले जोखिमयुक्त गाउँ, बस्ती र घरधुरीलाई त्यहाँको जोखिमबारे स्थानीय सरकार मार्फत जानकारी दिने तयारी भइरहेको बताए।
भेटमा सभामुख सापकोटाले विपद् भएलगत्तै गरिने राहत, उद्दार र पुनः स्थापनाको तयारीबारे पनि चासो राखेका थिए। जवाफमा प्रमुख पोखरेलले आगामी बिहीबार बस्ने कार्यकारी समितिको बैठकले यससम्बन्धि निर्णय गर्ने जानकारी दिए।
उनले तिब्बतर्को केरुङ च्छो’ तालमा पानीको मात्रा घटेको सूचना आएकोले तत्कालका लागि फुट्ने खतरा टरेको बताए। प्राधिकरणले तालमा पानीको मात्रा, ताल फुटेमा त्यो पानी नेपाली भूूभागसम्म आइपुग्न लाग्ने समय र सम्भावित क्षतिबारे पनि अध्ययन गरिरहेको पोखरेलको भनाई छ।







डिसी नेपाल








Facebook Comment