चीनले ह्याकर्सको प्रयोग गरेर कोरोना भ्याक्सिनको विवरण चोरी गरेको अमेरिकाको आरोप
काठमाडौं । चीनले ह्याकर्सको प्रयोग गरेर कोरोनाभाइरसको भ्याक्सिन बनाईरहेका कम्पनिमाथि निशाना बनाइरहेको अमेरिकाको न्यायिक विभागले घोषणा गरेको छ। विभागले मंगलबार चिनियाँ ह्याकरहरुले विश्वभरका कम्पनीबाट करोडौं डलरको बौद्धिक सम्पति तथा गोप्य व्यापारिक डाटा पनि चोरी गरेको आरोप लगाएको छ।
न्यायिक विभागले ह्याकर्सविरुद्ध गोप्य व्यापारिक डाटा चोरी र धोखाको आरोप लगाएका छ। विभागले उक्त जानकारी ह्याकर्सले व्यक्तिगत प्रयोजनको लागि नभएर चीन सरकारको लागि चोरेको बताएको छ।
चीनमाथि लगातार आक्रमण गरिहेको ट्रम्प प्रशासनको यो एक नयाँ आरोप हो। अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार चीनमाथि आरोप लगाउँदै आइरहेका छन्। उनले चीनको कारण नै कोरोना माहामारी फैलीएको र क्षति पुगेको बताउँदै आएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment