बुधबार अमरिकी डलर घट्यो, अष्ट्रेलियन बढ्यो (सूचिसहित)
काठमाडौं। पछिल्लो समय अमेरिकी डलरको मूल्य घट्दै गएको छ। मंगलबार ११९ रुपैयाँ ५८ पैसामा कारोबार भएको डरल बुधबार भने ११९ रुपैयाँ ३१ पैसामा कारोबार भएको छ। यस्तै, मंगलबार १३७ रुपैयाँ ०२ पैसामा कारोबार भएको यूरोको मूल्य भने घटेर १३६ रुपैयाँ ६६ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार बुधबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ३१ पैसा तथा विक्रिदर ११९ रुपैयाँ ९१ पैसा रहेको छ। यस्तै यूरोपियन यूरो १को खरिददर १३६ रुपैयाँ ६६ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ३४ पैसा रहेको छ।
यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५१ रुपैयाँ ६२ पैसा तथा विक्रिदर १५२ रुपैयाँ ३८ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ४९ पैसा र विक्रिदर ८४ रुपैँया ९२ पैसा रहेको छ। बुधबार पाउण्ड स्ट्रलिङ र अष्ट्रेलियन डलरको मूल्य बढेको हो।
कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ ४४ पैसा, विक्रिदर ३९० रुपैँया ३९ पैसा रहेको छ। यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा, विक्रिदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८१ पैसा, विक्रिदर ३१ रुपैया ९७ पैसा रहेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment