भाइरसको त्रासका ट्रम्पको चुनावी भेला स्थगित

डिसी नेपाल
९ साउन २०७७ १८:४१

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गरेका छन् । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेका हुन्।

अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरसको प्रकोपका कारण उक्त सम्मेलन स्थगित हुन पुगेको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन्। उनले भनेका छन कि यो समय सम्मेलन गर्नका लागि उचित समय होइन । त्यसैले मैले यस समयमा साथीहरुलाई यो सम्मेलन स्थगित गर्नुपर्छ म उनिहरुलाई अनुरोध गर्नेछु ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट गरे ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

दोस्रो स्थानमा ब्राजिलमा सबैभन्दा बढीको मृत्यु भएको छ भने भारतमा कोराना संक्रमितको संख्या नाटकीय रुपमा बढ्दै गएको छ । संयुक्तराज्य अमेरिकामा दक्षिणी र पश्चिमी राज्यहरु टेक्सास, क्यालिफोर्निया, अलाबामा, इडाहो र फ्लोरिडामा सबैभन्दा बढी प्रभाव देखिएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिए । यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।

ज्याक्सनभिल्ले सम्मेलन आगामी अगष्ट २४–२७ मा हुँदैछ तर यो शहरमै अहिले कोरोना संक्रमितको संख्या दिनहुँ व्यापक रुपमा बढिरहेको छ । हाल सो सम्मेलनलाई सम्पन्न गर्न नसकिने तर र अन्यत्रका कार्यक्रमहरु भने निरन्तर गर्न सकिनेछ ।

उनले नर्थ क्यारोलिनाका सम्मेलनहरु भने समयमै आयोजना गर्न सकिने जनाएका छन् । नर्थ क्यारोलिनामा आगामी अगष्ट २४ मा सम्मेलन राखिएको छ । अमेरिकामा पछिल्लो ससमयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *