जाम्बियाका १५ सांसद कोरोनाभाइरस सङ्क्रमित

डिसी नेपाल
९ साउन २०७७ २२:०९

लुसाका । कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोनाभाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् ।

स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा राखिएको जानकारी दिए। कोरोना अपडेट जानकारी गराउने क्रममा उहाँले सङ्क्रमित कुनै पनि सांसद गम्भीर अवस्थामा नरहेको पनि स्पष्ट पारे ।

उनले संसद सचिवालयमा कार्यरत अरु १५ जना कर्मचारीमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको बताए । जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको छ ।

कोरोनाभाइरसकाका कारण जाम्बियामा शुक्रबारसम्म ८३५ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *