शब्द (कविता)
शब्द
शब्द भाव हो
शब्द
ब्यबहार हो
शब्द प्रतिबिम्व हो
शब्द
शब्द आचारण हो
शब्द सौन्दर्य हो
शब्द
शब्द लीला हो
शब्द कर्म हो
शब्द ताल हो, सुर हो
शब्द
शब्द
मर्म हो, पिडा हो , हर्ष हो
अभाव हो, चित्कार हो
शब्द
शब्द मलम हो, स्नेह हो,
आड हो, भरोसा हो,
बिस्वास हो,
शब्द
शब्द अलौकिक हो, राग हो,
स्पर्श हो, रस हो
आनन्द हो,
वास्तबमा शब्द
एकआपसमा स्खालीतभै
चरम प्राप्तीको अनुभुती हो ।
सू.न.पा.– ४, भक्तपुर ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment