चिनियाँ वैज्ञानिकलाई अमेरिकाले पक्राउ गर्यो, दुई देशबीच तनाव बढ्ने खतरा
काठमाडौं। अमेरिकाले एक चिनियाँ वैज्ञानिकलाई पक्राउ गरेको छ । चीनबाट फरार भएकी यी अनुसन्धानकर्तालाई अमेरिकाले सन फ्रान्सिस्कोबाट भिसामा जालसाजीको अभियोगमा पक्राउ गरेको थियो । तर, अमेरिकाले उनी बेइजिङले चलाइरहेको जासुसी नेटवर्कको सदस्य रहेको आरोप लगाएको छ । सन फ्रान्सिस्कोस्थित चीनको कन्सुलेट कार्यालयमा लुकेर बसेकी वैज्ञानिक जुआन ट्याङ्गलाई हिरासतमा लिइएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।
टाइम म्यागजिनका अनुसार अमेरिकी अधिकारीहरुले चीनमाथि कुटनैतिक मिशनको माध्यमबाट अमेरिकामा जासुसी नेटवर्क चलाइरहेको आरोप लगाएका छन् । यो नेटवर्कको माध्यमबाट अमेरिकाका विश्वविद्यालय, अनुसन्धान केन्द्र र व्यापारसँग सम्बन्धित सूचनाहरु चोरी गर्ने कोसिस भइरहेको उनीहरुको आरोप छ । अधिकारीहरुका अनुसार अनुसन्धानकर्ता जुआनले सैनिक पोसाकमा हुनुका बावजुद सेनासँग सम्पर्कको कुराको खण्डन गरेकी छिन् ।
यद्यपि अहिलेसम्म जुआनलाई हिरासतमा लिइनुको कारण स्पष्ट छैन । उनीमाथि कानुनी रुपमा जासुसीको आरोप लगाइएको छैन । यही हप्ताको सुरुवातमा प्रोसिक्युसनका अधिकारीहरुले जुआनले अमेरिका प्रवेश पाउनको लागि आफ्नो चिनियाँ सेनासँगको सम्पर्कको बारेमा जानकारी लुकाएको र गिरफ्तारीबाट बच्न सन फ्रान्सिस्कोको कन्सुलेटमा लुकेको बताएका थिए । जुआनको चिनियाँ सेनाको युनिफर्ममा फोटो सार्वजनिक भएपछि अमेरिकी अनुसन्धान अधिकारीहरुलाई जुआनले आफूले यो युनिफर्म चीनको फोर्थ मिलिट्री मेडिकल युनिभर्सिटीको लागि लगाएको बताएकी थिइन् किनकि यो एक सैन्य स्कुल थियो ।







डिसी नेपाल







Facebook Comment