कोरोना संक्रमित परिवार अस्पतालमा भएको बेला जयाले किन दिइन प्रहरीमा उजुरी?

डिसी नेपाल
१० साउन २०७७ १९:५६

काठमाडौं । बलिउड अभिनेत्री एवं अमिताभ बच्चनकी पत्नी जया बच्चनले मुम्बई प्रहरीमा उजुरी दिएकी छन्। पतिसहित छोरा, बुहारी र नातिनी कोरोना संक्रमित भएर अस्पतालमा रहेका बेला जयाले बाइकर्स ग्रुपले आफूलाई दुःख दिएको भन्दै उजुरी दिएकी हुन्।

रातको समयमा बाइकर्सले जयाको घर भएको इलाकामा रेसिंग प्रतिस्पर्धा गरेर होहल्ला र कोलाहल मच्चाएका थिए। एकदिन मात्र नभई दिनदिनै दुःख दिएपछि जयाले बाध्य भएर प्रहरीमा फोनमार्फत मौखिक उजुरी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीले फरार बाइकर्सको खोजी गरिरहेको छ।  प्रहरीले सीसीटिभी फुटेजबाट बाइकको नम्बर ट्रेस गरेको बताइएकाे छ। परिवारका अधिकांश सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आउँदा जयाको भने नेगेटिभ आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *