उत्तर कोरियामा कहाँबाट आयो कोरोनाको पहिलो केस ? किमले बोलाए पोलिटब्युरो बैठक
काठमाडौं। उत्तर कोरियामा कोरोनाभाइरसको पहिलो शंकास्पद केस देखिएपछि सर्वोच्च नेता किम जोङ उनले आपतकालीन पोलिटब्युरो बैठक बोलाएका छन् । दक्षिण कोरियाबाट गैरकानुनी तरिकाले सीमा पार गरेर उत्तर कोरिया प्रवेश गरेका एक व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएको आशंका गरिएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै ब्रिटिश टेलिग्राफले लेखेको छ ।
यदि यो केस पुष्टि भएमा उत्तर कोरियाली अधिकारीहरुले आधिकारिक रुपमा पुष्टि गरेको पहिलो केस हुनेछ । उत्तर कोरियाले अहिलेसम्म देशमा कोरोनाभाइरसको एउटा पनि केस नभएको बताएको छ । ३ वर्षअघि उत्तर कोरिया छाडेर दक्षिण कोरिया गएका एक व्यक्ति यही महिना गैरकानुनी रुपमा सीमा पार गरेर उत्तर कोरिया फर्किएको र उनीमा कोरोनाभाइरस संक्रमणसँग मिल्दो लक्षण देखिएको केसीएनएले जनाएको छ ।







डिसी नेपाल







Facebook Comment