आफ्नै छोरा पढ्ने स्कुलले दियो ट्रम्पलाई च्यालेन्ज, आदेश मान्न अस्वीकार गरिदियो

डिसी नेपाल
११ साउन २०७७ १०:१०

काठमाडौं। कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा स्कुल कलेज बन्द छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने देशका स्कुल कलेज फेरि खोल्न आदेश दिएका छन् । तर, जुन स्कुलमा ट्रम्पका छोराले पढ्छन् त्यही स्कुल व्यवस्थापनले स्कुल खोल्न अस्वीकार गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार स्कुल व्यवस्थापनले भनेको छ ‘अहिले माहोल अनुकूल छेन । सेप्टेम्बरभन्दा पहिले स्कुल खोल्न सकिँदैन ।’

राष्ट्रपति ट्रम्पले पटक–पटक जोड दिइरहेका छन् कि सबै स्कुल खोलियोस् र बालबालिकालाई स्कुल बोलाइयोस् । ट्रम्पले भने ‘५ करोड विद्यार्थीहरुलाई अनिश्चितकालको लागि स्कुल जानबाट रोक्न सकिँदैन । यदि उनीहरुलाई रोकियो भने उनीहरुको मानसिक, शारीरिक र भावनात्मक विकासलाई नोक्सानी हुनेछ । यदि स्कुल खोलियो भने अभिभावकहरु पनि फेरि काममा जान सक्नेछन् ।’

ट्रम्पले स्कुलहरुलाई चेतावनी दिँदै भने ‘यदि स्कुल खोलिँदैनन् भने स्कुलहरुबाट धन फिर्ता लिइनेछ ।’ यस सम्बन्धमा अमेरिकाको सेन्ट एन्ड्रयु एपिस्कोपल स्कुलका प्रमुख रोबर्ट कोसस्की र सहायक प्रमुख डेभिड ब्राइनले हस्ताक्षर गरेर एक पत्र जारी गरेका छन् । पत्रमा भनिएको छ ‘स्कुल कसरी खोलिनेछन् । बालबालिकालाई अनलाइनबाट कसरी पढाउने भन्ने बारे १० अगष्टमा एक बैठक गरेर निर्णय गरिनेछ ।’ यो स्कुलमा ट्रम्पका १४ वर्षीय छोरा बेरनले पढ्छन् ।

स्कुल व्यवस्थापनले स्कुल खोल्ने विषयमा स्वास्थ्य अधिकारीहरुको तर्फबाट बनाइएको गाइडलाइनको पालना गर्ने जनाएको छ । बिहीबार जारी एक सर्वेक्षणको नतिजामा पनि ६० प्रतिशत अभिभावकले स्कुलहरु विस्तारै खोल्नु नै उपयुक्त हुने बताएका छन् । उनीहरुले बालबालिकाको सुरक्षा सुनिश्चित भएपछि मात्र स्कुल पठाउने बताएका छन् ।

शिक्षक संघका नेताहरुले भनेका छन् ‘जसरी ट्रम्प स्कुल खोल्न जोड दिइरहेका छन् यसलाई हेर्दा पहिले उनलाई नै स्कुल बोलाउनु पर्छ । यहाँ उनलाई स्थितिबारे अवगत गराउनुपर्छ । त्यसपछि मात्र ट्रम्पलाई थाहा हुनेछ कि यो स्थितिमा स्कुल खोलियो भने कस्ता समस्याहरु आउनेछन् र स्कुल आउने बालबालिकाहरुलाई संक्रमणको खतरा कति हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *