जुवातास खेलिरहेको अवस्थामा साउथ अभिनेता पक्राउ
काठमाडौं । तमिल फिल्मका अभिनेता शाम जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन्। चेन्नईस्थित उनको अपार्टमेन्टबाट उनीसहित अन्य १३ जनालाई प्रहरीले गिरफ्तार गरेको भारतीय सञ्चारमा माध्यमहरुले जनाएका छन्।
जुवा खेलिरहेको भन्ने जानकारीपछि प्रहरीले छापा मार्दा उनको अपार्टमेन्टबाट गेम बोर्ड, टोकन र लाखौं रुपैयाँ बरामद गरेको छ। अभिनेता शाम सहित पक्राउ परेका सबैलाई प्रहरीले पुलिसचौकी लिएर गएर जमानतमा छाडेको छ। प्रहरीका अनुसार उनीहरु लकडाउन सुरु भएपछि नै जुवातास खेलेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment