महामारीको कारण निसानलाई ६.४ अर्ब अमेरिकी डलर घाटा हुने प्रक्षेपण

डिसी नेपाल
१३ साउन २०७७ १९:२०

टोकियो । जापानी सवारी साधन निर्माता निसानले महामारीको कारण कम्पनीले चालु आर्थिक वर्षमा ६।४ अर्ब अमेरिकी डलरको घाटा हुने मङ्गलबार प्रक्षेपण गरेको छ ।

महामारीकाबीच जारी अनिश्चितताका कारण आफ्नो वार्षिक कारोबारको पूर्वानुमान रिपोर्ट सार्वजनिक गर्न ढिला गरेको निसानले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा महामारीको समय सवारी साधनको बिक्रीमा आएको कमीका कारण २.७ अर्ब अमेरिकी डलर घाटा भएको जनाएको छ ।

“कोभिड–१९ को कारण पूरा त्रैमासिकमा निसानको प्रमुख बजारहरू निकै प्रभावित बनेका छन्,” प्रमुख सञ्चालन अधिकृत अश्वामी गुप्ताले बताए । उनले प्रक्षेपण तथा कारोबारको तथ्याङ्क सार्वजनिक गर्दै भने, “नतिजाले प्रष्ट देखाउँछ कि महामारीको नराम्रो प्रभाव हाम्रो कारोबारमा परेको छ ।”

महामारीको प्रभाव आफ्नो प्रमुख बजारहरू जापान, चीन, र अमेरिकामा महामारीका कारण कारोबारमा मन्दी आउँदा आफ्नो विश्वव्यापी व्यापार मूल्य ५०.५ प्रतिशतमा झरेको निसानले बताएको छ । उक्त कम्पनीले आफ्नो वार्षिक विक्रीमा २१ प्रतिशतले गिरावट आउँदा ७.८ ट्रिलियन येनको घाटा भएको जनाएको छ ।

“विश्वव्यापी कोरोनाभाइरस महामारीको प्रभावको परिणामस्वरूप गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासिक अवधिमा समग्र माग झण्डै आधामा झरेको छ,” निसानका अर्का सञ्चालक अधिकृत मोकोतो उचिदाले भने ।

उनले थपे, “कम्पनीका विश्वभर रहेका उद्योगहरूले उत्पादन बन्द गर्नुपर्ने अवस्था रहेको छ । अहिले सञ्चालनमा रहेका उद्योगमा पनि उत्पादन दरमा ठूलो ह्रास आएको छ । यसले व्यवसायमा गम्भीर आर्थिक प्रभाव परेको छ ।”

यस वर्षका लागि गरिएको वार्षिक प्रक्षेपणमा निसानलाई गत वर्षको तुलनामा ६७० जापानी येन घाटा हुने अनुमान गरिएको भएपनि मेसम्मको घाटा ६७१ हुनुले कम्पनीको कारोबार थप सङ्कटमा गएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *