इजरायली प्रधानमन्त्री बेन्जामिनका छोराले हिन्दुसँग मागे माफी
रमल्ला (एजेन्सी)। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहुले हिन्दुहरुसँग माफी मागेका छन्। हालै ट्वीटरमा देवी दुर्गाको तस्वीरमा एक इजरायली व्यक्तिको तस्वीर जोडिएको तस्वीर सार्वजनकि गरेका थिए। उनले देवी दुर्गाको मुखमा आफ्ना बाबुको भ्रष्टाचार मुद्दामा विरोधीको पक्षबाट बहस गरिरहेका वकील लियात बेन अरीको तस्वीर जोडेका थिए।
हिन्दुहरुकी देवीको तस्वीर यसरी मिमको रुपमा प्रयोग गरिएपछि उनको निकै आलोचना भएको थियो। यसरी आलोचना भएपछि उनले ट्वीटरमा माफी मागदै सो तस्वीर हटाएका छन्। उनले ट्वीटमा आफूले सो तस्वीर एक मिमबाट लिएको र सो तस्वीरको सम्बन्ध हिन्दु धर्मसँग भएकोबारे जानकारी नभएको बताएका छन्। भारतीय साथीहरुले सो विषयमा आफूलाई जानकारी दिएको समेत उनले जनाएका छन्।
प्रधानमन्त्री बेन्जामिनविरुद्ध इजरायलमा भ्रष्टाचार मुद्दा चलिरहेको छ। त्यसैले पनि उनले आफ्ना बाबु विरोधीलाई व्यंग्य गर्न सो तस्वीर पोस्ट गरेका थिए। यसरी येर विवादमा आएको पहिलो पटक भने होइन। उनले यसअघि एक महिला पत्रकारलाई शारीरिक सम्झौता गरेर सफलता पाएको बताएका थिए। जसका कारण उनको आलोचना भएको थियो र पछि उनले माफी माग्नु परेको थियो।







डिसी नेपाल







Facebook Comment