विद्यालय खोल्ने तयारी थाल्दै सरकार

डिसी नेपाल
१६ साउन २०७७ ७:४९

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनमा रहेको विद्यालय खाली गर्ने निर्णय गरेको छ । मन्त्रालयले विद्यालय भवन तथा परिसमा क्वारेन्टाइन र आइसोलेसनसम्बन्धी कार्यहरु नगर्ने, क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्डबमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय गरेको छ । गएको मन्त्री परिषद्ले गरेको निर्णयको हिजो बुधबार मन्त्रालयले प्रमाणीकरण गरी सो निर्णय गरेको हो ।

विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आगमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड–१९ रोकथाम नियन्त्रणसम्बन्धी संरचना नराख्ने समेत निर्णय गरेको छ । सोमबारको मन्त्रीपरिषद्को निर्णयलाई मन्त्रालयले ७ बुदे निर्देशन समेत जारी गरेको छ ।

मन्त्रालयले कोभिड–१९ का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्न सो निर्णय गरिएको मन्त्रीका स्वकीय सचिव पुरण केसीले जानकारी दिए। मन्त्रालयले शैक्षिकसत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशित गर्न, भदौ १ गतेबाट भर्ना, कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्ने र भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न शिक्षक विद्यालयमा पुग्ने व्यवस्था मिलाउने र मन्त्रालयले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने उल्लेख भएको खबर आजको नेपाल समाचारपत्रमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *