शनिबारकाे विदेशी विनिमय दर (सूचिसहित)

डिसी नेपाल
१७ साउन २०७७ ७:३०

काठमाडौं। शनिबार अमेरिकी डलरको मूल्य ५ पैसाले घटेको छ। शुक्रबा ११९ रुपैयाँ ४५ पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्य शनिबार ११९ रुपैयाँ ४० पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलर ५ पैसाले घट्दा यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङ बढेको छ। शुक्रबार १४० रुपैयाँ ४६ पैसामा कारोबार भएको यूरो शनिबार १४१ रुपैयाँ २९ पैसामा कारोबार भएको छ। यस्तै, पाउण्ड स्टर्लिङ पनि शनिबार १५५ रुपैयाँ ४९ पैसामा कारोबार भएको थियो शनिबार बढेर १५६ रुपैयाँ ७६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४० पैसा, विक्रिदर १२० रुपैयाँ, यूरो १ को खरिददर १४१ रुपैयाँ २९ पैसा, विक्रिदर १४२ रुपैयाँ, पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा, विक्रिदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ।

यस्तै, अट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, विक्रिदर ८६ रुपैयाँ १५ पैसा, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८४ पैसा, विक्रिदर ३२ रुपैयाँ, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १६ पैसा, विक्रिदर २८ रुपैयाँ ३१ पैसा रहेको छ।

कवेती दिनार १ को खरिददर सबै भन्दा बढी ३९० रुपैयाँ ८५ पैसा रहेको छ भने, विक्रिदर ३९२ रुपैयाँ ८१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६२ पैसा, विक्रिदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ। यूएइ दिरामको आजको खरिददर ३२ रुपैयाँ ५१ पैसा र विक्रिदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *