नदिनु है भूमि छुन (कविता)

डिसी नेपाल
१७ साउन २०७७ ८:३६
48
Shares

पूर्वको किल्ला, हिमाली जिल्ला, पहाडी पानीले !
यो देशको मधेश छातीको गौरव बुझेर हामीले!!

हिमाललाई देखेर राम्रो लोभी चाहिॅ नहुनु!
नेपाल सुन्दर पावन भूमि लाने सोच नगर्नु!!

अरुको धन अरुको सीमा छुनेलाई पाप लाग्छ!
यो जन्म भूमि अरूलाई दिए कातरको बात लाग्छ!!

भूमिको रक्षा गर्नका खातिर एक जुट भै मिलौं न !
देशलाई धेरै समृद्धि दिएर पापलाई कटाउँ न !!

छुद्रि त्यो मन दुष्ट त्यो पन जीवनमा नगर्नु!
मरेर जाने माटो झै चोलाको घमण्ड नगर्नु !!

हिमाली प्रदेश,पाहाडी मिजास तराइको स्वादले!
जातीय सद्धभाव उनेर बसे पो हेप्दैन है कसैले!!

(द्रष्टव्य:भूमि छुन दिए काँतर भन्लान पुर्खाले )


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *