पाकिस्तानले नयाँ नक्सामा कश्मीर समेटेपछि भारतले के भन्यो?
काठमाडौं। पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसको प्रक्रियामा पाकिस्तानको कदम अस्वीकार्य रहेको बताएको छ। पाकिस्तानले मंगलबार भारत प्रशासित जम्मू कश्मीर र गुजरातको जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो।
पाकिस्तानको सो कदमपछि पहिलो प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पाकिस्तानले जारी गरेको नक्साको कुनै वैधता नभएको बताएका छन्। उनले सो नक्साले राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा कुनै वैधता नपाउने बताएका छन्। उनले सीमापार आतंकवालाई बढवा दिन पाकिस्तानले यस्तो भ्रमपूर्ण नक्सा जारी गरेको आरोप लगाएका छन्।
भारतले गत वर्ष अगस्ट पाँचमा जम्मू कश्मीरको विषेशाधिकार खारेज गर्दै दुई केन्द्र शासित राज्य बनाएको थियो। सो परिवर्तनको एक वर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो। पाकिस्तानले यो वार्षिकीमा गरिने कामको एक लामो सूची नै बनाएको छ। जसमा भारतविरुद्ध स्टेट मेन्ट जारी गर्न लगाउनेदेखि ट्वीट गर्नेसम्मका विषय छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment