अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमिशन मागेपछि…
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्दा अमेरिकाले कट अर्थात कमिशन पाउनुपर्ने बताएका छन् । यो व्यवसाय जगतको लागि अभूतपूर्व घटना हो । यसअघि सम्भवतः कुनै पनि राष्ट्राध्यक्षले यसरी व्यवसायिक कम्पनीसँग कमिशन मागेका थिएनन् ।
बीबीसीका अनुसार चिनियाँ कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी कारोबार बेच्न बाध्य हुनुपरेको छ किनकि राष्ट्रपति ट्रम्पले यसअघि अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । टिकटकका अनुसार अमेरिकामा उसका १० करोड प्रयोगकर्ता छन् । यसअघि भारतले सुरक्षाको कारण देखाउँदै टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । टिकटकको ठूलो संख्यामा प्रयोगकर्ता भारतमा पनि थिए ।
ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै भने ‘यो मूल्यको ठूलो प्रतिशत हिस्सा अमेरिकाले पाउनुपर्छ किनकि हामीले यो कारोबारलाई सम्भव बनाएका छौं । हामी यो चाहन्छौं र हाम्रो यही मान्यता छ कि यसको एक ठूलो प्रतिबत हिस्सा हामीले पाउँ, हाम्रो कोषमा आओस् ।’
अमेरिकी अर्थविज्ञ हल सिंगरे भने ‘मैले बुझ्न सकिरहेको छैन कि ट्रम्पले के सोचिरहेका छन् । के अमेरिका यो जबरजस्तीको कारोबारमा आफ्नो ‘भिग’ हासिल गर्नेछ ?’ भिग एक किसिमको अपशब्द हो जसको अर्थ कुनै ऋणमा गैरकानुनी तरिकाले ब्याजमा हिस्सा लिनु वा जुवामा दलालमार्फत शुलक असुल्नु हुन्छ ।







डिसी नेपाल







Facebook Comment