मध्य जापानमा संकटकालको घोषणा
काठमाडौं। जाापानको मध्य क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । समाचार एजेन्सी एपीका अनुसार एइची प्रान्तका गभर्नरले बुधबार भाइरसका केसहरु बढ्दै गएको भन्दै संकटकाल घोषणा गरेका हुन् । उनले व्यवसाय र जनतालाई आफ्ना गतिविधि नियन्त्रित गर्न आग्रह गरेका छन् । जापानमा नयाँ केसहरु शून्य भइसकेको लामो समयपछि एइची प्राान्तमा जुलाइको मध्यदेखि दैनिक १०० नयाँ केसहरु देखिएका छन् ।
यो प्रान्तमा जापानको प्रमुख शहर नागोया र जापानको ठूलो गाडी उत्पादक टोयोटाको मुख्यालय छन् । गभर्न हिडेकी ओहमुराले संवाददाताहरुसँग कुरा गर्दै व्यवसायहरुलाई बन्द गर्न र मानिसहरुलाई रातीमा बाहिर नहिँड्न भनिएको बताए । यो आग्रह अगष्ट २४ सम्मको लागि हो । त्यसपछि यो निर्णयमा पुनर्विचार गरिनेछ । ‘ओबोन विदाको क्रममा कृपया अनावश्यक गतिविधिहरु नगरिदिनुहोला’ ओहमुराले भने ‘अवस्था निकै गम्भीर छ ।’







डिसी नेपाल







Facebook Comment