भारतीय रक्षामन्त्रालयले किन हटायो चीनले भूमि अतिक्रमण गरेको स्वीकारिएको दस्तावेज ?
नयाँ दिल्ली (एजेन्सी)। भारतीय रक्षामन्त्रालयको वेबसाइटमा राखिएको भारत–चीन विवाद सम्बन्धि एक दस्तावेज हटाइएको छ। बीबीसीकाअनुसार गएको मंगलबार वेबसाइटमा अपलोड गरिएको सो दस्तावेज बिहीबार हटाइएको हो।
समाचारअनुसार सो दस्तावेजमा चीनले वास्ताविक नियन्ण रेखामा अतिक्रमण गरेको स्वीकार गरिएको थियो।
सो दस्तावेजमा भनिएको थियो, ‘पाँच मेबा वास्तविक नियंत्रण रेखा (एलएसी)मा मुख्यगरी गलवान उपत्यकामा चिनियाँ आक्रमकता लगातार बढिरहेको छ। चिनियाँ पक्षले १७–१८ मेमा कुंगरांग नाला, गोगरा र प्याङ्गोन्ग तालको उत्तरी किनारामा आक्रमण गरेको थियो।’
‘चाइनीज़ अग्रेशन अन एलएसी’ नामक शीर्षक भएको सो दस्तावेजामा ‘स्थितिलाई नियन्त्रणमा लिनका लागि दुबै पक्षका सेनाबीच कुराकानी पनि भएको थियो। यसैक्रममा ६ जूनमा पनि दुबै देशका लेफ़्टिनेंट जनरल स्तरममा वार्ता भएको थियो। यति हुँदाहुँदै पनि १७ जूनमा दुबै सेनाबीच संघर्ष भयो जसमा दुबैतर्फ सेनाको मृत्यु भयो।’
तर, चीनले भने सो झडपमा आफ्नोतर्फ भएको क्षति स्वीकार गरेको छैन। भारतले भने आफ्ना कम्तिमा २० जना सैनिक मारिएको जनाएको थियो।
भारतीय रक्षामन्त्रालयबाट यो दस्तावेज हटाइएपछि भारतीय काँग्रेसका नेता राहुल गान्धीले सरकारमाथि कडा आलोचना गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment