चीनमा देखा पर्‍यो अर्को भाइरस, ७ जनाको मृत्यु

डिसी नेपाल
२२ साउन २०७७ २२:३३

काठमाडौं । चीनमा पुनः अर्को भाइरसको संक्रमण फेला परेको छ। कोरोनाको उदगमस्थल चीनमा ‘ टिक-बर्न एसएफटीएस’ नामको नयाँ भाइरसको संक्रमण देखा परेको सञ्चार माध्यमहरुले जनाएका छन्।

दक्षिण चीनमा फैलिएको यो भाइरस अन्य मानिसमा समेत सर्न सक्ने भन्दै चेतावनी दिइएको छ । यो भाइरसको संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने ६७ जना संक्रमित भएका छन् ।

पूर्वी चीनको जियांग्शू प्रान्तमा एसएफटीएस नामको यो भाइरसका कारण ३७ जना संक्रमित भएका छन् । त्यस्तै अन्हूईमा २३ जना संक्रमित भएका छन् । जियांग्शूको नानजियांगमा एक महिलामा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

यस्तै झेजियांग प्रान्तमा हालसम्म यो भाइसका कारण सात जनाको मृत्यु भएको जनाइएको छ । यो भाइरस सन् २०११ मा पत्ता लागेको थियो । यो भाइरस शरीरमा टाँसिने किराहरुबाट अन्य मानिसमा सर्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *