प्रधानमन्त्री ओलीको कोरोना परीक्षणः रिपोर्ट ‘नेगेटिभ’

डिसी नेपाल
२३ साउन २०७७ ६:४०

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट बुधबार नै आएको हो।

प्रधानमन्त्रीसँगै नियमित सम्पर्कमा रहने प्रधानमन्त्रीका अङ्गरक्षकसहित केही सुरक्षाकर्मीहरूको पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो। “सबैको रिपोर्ट नेगेटिभ आएको छ” बजगाईंले भने। यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *