एयर ईण्डियाको विमान दुर्घटनामा मृत्यु हुनको संख्या १४ पुग्यो, १५ जना गम्भिर घाइते
काठमाडौं । भारतको केरलामा भएको १९१ यात्रु सवार विमान दुर्घटनामा पाईलटसहित १४ जनाको मृत्यु भएको छ। दुबईबाट यात्रु लिएर आएको एयर ईण्डियाको बोईंग–७३७ विमान केरलाको कोझिकोडे विमानस्थलमा दुर्घटना भएको थियो ।
उक्त विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए। जसमध्ये १४ जनाको मृत्यु भएको एएनआईले जनाएको छ। दुर्घटनामा १२३ जना घाईते भएका छन् भने १५ जना गम्भिर अवस्थामा रहेका छन्।
14 dead, 123 injured and 15 seriously injured in Kozhikode plane crash incident at Karipur Airport: Malappuram SP to ANI. #Kerala pic.twitter.com/QfFZxHDkVx
— ANI (@ANI) August 7, 2020
उक्त विमान ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। विमान दुई टुक्रा भएको छ । उद्धारको काम जारी रहेको छ।







डिसी नेपाल







Facebook Comment