१९० जना यात्रु बोकेको विमान जब ल्याण्ड गर्दा दुई टुक्रा भयो

डिसी नेपाल
२४ साउन २०७७ ०:२४

काठमाडौं। भारतको केरलमा शुक्रबार एक विमान दुर्घटना भएको छ। दुबईबाट उडेको विमान भारतको केरल राज्यको कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो। यो दुर्घटनामा कम्तिमा १५ जना यात्रुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। मृतक मध्ये २ जना पाइल हुन्। घटनामा १७० जना भने सकुशल रहेको जनाइएको छ। विमान ६ जना क्रु मेम्बरसहित १९० जना यात्रु रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

एक जोखिमपूर्ण विमानस्थलमा भारी वर्षाका कारण विमान दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचारअनुसार कोझिकोड विमानस्थल एक टेबुलटप रन वे भएको विमानस्थल हो। यस्तो विमानस्थलमा विमान ल्याण्ड गर्दा र टेकअफ गर्दा निकै जोखिम हुने बताइएको छ।

दुबईबाट आएको विमान जब ल्याण्ड गर्न खोज्यो विमान चिप्लिएर खाल्डोमा खसेको जनाइएको छ। एअर इण्डियामा ७०७ विमान चिप्लिएर खाल्डोमा खस्दा दुई टुक्रा भएको जनाइएको छ।

यो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केरलका मुख्यमन्त्री के विजयनसँग कुरा गरेका छन्। उनले राहत तथा उद्धार कार्यमा तदारुकता देखाउन आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

आर्थिक रुपमा टाट पल्टेको एअर इण्डिया योदुर्घटनापछि थप संकटमा परेको छ। शुक्रबार केरल राज्यमा भारी वर्षा भएको छ। वर्षाकै कारण आएको पहिरोमा पनि कम्तिामा दुई दर्जन मानिसको मृत्यु भएको छ भने ६० जनाभन्दा धेरै बेपत्ता छन्। (एजेन्सीकाे सहयाेगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *