भारतमा एकै परिवारका ११ जना पाकिस्तानीको रहस्यमय मृत्यु, हत्याको आशंका
जोधपुर। भारतको राजस्थानको जोधपुरमा ११ जना पाकिस्तानी शरणार्थीको रहस्यमय मृत्यु भएको छ । यी सबै एकै परिवारका हुन् । मृत्युको कारण अहिलेसम्म थाहा भइसकेको छैन । उनीहरुको विषका कारण मृत्यु भएको प्रारम्भिक अनुमान छ र उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । सबै मृतक पाकिस्तानबाट विस्थापित भएको बताइउको छ । उनीहरु अचलावता गाउँमा खेती गरेर बस्थे । पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ ।
#BREAKING :12 Hindu Farmers who were Pakistan refugees found dead in Jodhpur.. what is happening @INCIndia ??? Big conspiracy, Should be investigated. pic.twitter.com/kHAByXOjrF
— Dr. APR ??? (@drapr007) August 9, 2020
एकसाथ ११ जनाको शव भेटिएपछि त्यहाँ सनसनी फैलिएको छ । जानकारी अनुसार यो परिवारकी एक बहिनी राखी बाँध्नको लागि आएकी थिइन् । उनी पेशाले नर्स थिइन् । राखी बाँध्न आएपछि उनी त्यहीँ बस्न थालेकी थिइन् । उनैले परिवारका सबै सदस्यलाई विषालु इन्जेक्सन लगाएर आफूले पनि इन्जेक्सन लगाएको आशंका गरिएको छ ।







डिसी नेपाल








Facebook Comment