२४ घण्टामा ३८० जनामा कोरोना पुष्टि, ४० जना डिस्चार्ज
काठमाडौं । नेपालमा आइतबार ३८० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ८ हजार ५१५ जनाको पीसीआर परीक्षण गर्दा ३८० जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको २२ हजार ९७५ संख्या पुगेको छ। जसमध्ये १६ हजार ३५३ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४० जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ। यस्तै ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा कोरोनाबाट हालसम्म ७५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment