क्वारेन्टिन नियम तोडेको आरोपमा पाँच दिन जेल

डिसी नेपाल
२५ साउन २०७७ १८:०२

काठमाडौं (एजेन्सी)। मेलेसियाको जोहोर राज्यमा क्वारेन्टिनको नियम तोडेको कारण एक इन्डोनेसियन युवतीलाई ५ दिन जेल र चार हजार मलेसियन रिङगेट जरिवाना गरिएको छ। गत जुलाई २ मा इन्डोनेसियाको लोम्बाकबाट मलेसियाको क्वालालम्पुर एयरपोर्टमा अवतरण गरेकी ती युवतीले मलेसियाको कानुन अनुसार १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने थियो।

द स्टार टाइम्सका अनुसार ती युवतीलाई जोहर राज्यको कुलाङस्थित तामान भागिया इल्ड्रेलि हेरचाह केन्द्रमा १४ दिनका लागि राखिएको थियो। तर उनले उक्त हेरचार केन्द्रबाट १४ अगाडि नै निस्केर समाजमा जोखिम फैलाउने काम गरेको आरोपमा स्थानीय प्रशासनिक अदालतले उनलाई ५ दिन जेल र चार हजार मलेसियन रिङगेट जरिवानाको आदेश दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *