भारतमा ११ जना पाकिस्तानी शरणार्थीको हत्या ! खेतमै निदाउँदा यसरी बच्यो १ जनाको ज्यान

डिसी नेपाल
२६ साउन २०७७ ८:४२

जोधपुर। भारतको राजस्थानको जोधपुरमा मृत अवस्थामा भेटिएका ११ जना पाकिस्तानीको हत्या भएको प्रारम्भिक जाँचमा देखिएको छ । परिवारकै सदस्य ३८ वर्षकी लक्ष्मीले परिवारका सबैलाई घातक सुइ लगाइदिएर मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । लक्ष्मी ७५ वर्षीय बुधारामकी छोरी थिइन् । यी सबै पाकिस्तानबाट विस्थापित हिन्दू शरणार्थी थिए ।

पुलिसले शवको नजिकै विषका सीसीहरु र इन्जेक्सन बरामद गरेको छ । घटनास्थलबाट अल्पाजोलम नामको ट्याब्लेट पनि भेटिएको छ । यो ट्याब्लेट निद्रा लगाउने औषधिको रुपमा प्रयोग हुन्छ । घटनास्थलमा अल्प्राजोलम भेटिनुले परिवारका सबै सदस्यलाई यो औषधी खुलाइएको र निद्रामा सबैलाई विषालु इन्जेक्सन दिइएको प्रारम्भिक अनुमान गरिएको छ ।

लक्ष्मीले नै इन्जेक्सन दिएको पुलिसको प्रारम्भिक अनुमान छ किनकि लक्ष्मी इन्जेक्सन दिन दक्ष थिइन् । उनले पाकिस्तानमै नर्सिङ कोर्स पूरा गरिसकेकी थिइन् । लक्ष्मीले नै इन्जेक्सन दिएको आशंकालाई थप बल दिने अर्को तथ्य अन्य १० जना मृतकको हातमा इन्जेक्सन दिइएको छ तर लक्ष्मीको खुट्टामा इन्जेक्सन दिइएको छ । तुलनात्मक रुपमा आफैंले इन्जेक्सन लगाउन हातमा भन्दा खुट्टामा सजिलो हुन्छ ।

परिवारका सबै सदस्यलाई खानामा निद्राको औषधि मिसाएर खुवाइएको र निदाएपछि विषालु इन्जेक्सन दिएर मारिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । परिवारमा १२ सदस्य थिए । १२ औं सदस्य संयोगले बचेका छन् । केवल राम नामका १२ औं सदस्य खाना खाएपछि नीलगाई धपाउँदै गएका थिए । घरबाट पर खेलमा पुग्दा उनलाई खानामा मिसाइएको निद्राको औषधिले असर गरेपछि उनी खेतमै निदाए । उतै निदाएर घरमा फर्किन नपाएका कारण उनी संयोगले बचे । बिहान उनी घर फर्किंदा परिवारका सबै सदस्य मृत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *