हङकङको स्वतन्त्रता आन्दोलनमा चीनको ‘हाइप्रोफाइल’ हस्तक्षेप, मिडिया टाइकुन गिरफ्तार

डिसी नेपाल
२६ साउन २०७७ ११:५३

काठमाडौं। हङकङ पुलिसले सोमबार त्यहाँका मिडिया टाइकुन र चिनियाँ कम्युनिस्ट पार्टीका कटु आलोचक जिम्मी लाइसहित ७ जनालाई गिरफ्तार गरेको छ । उनीहरुलाई बेइजिङले हालै लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानुनको उल्लंघनको आरोपमा पक्राउ गरिएको हो । लाइ बेइजिङले लागू गरेको नयाँ कानुनको शिकार भएका अहिलेसम्मकै हाइप्रोफाइल व्यक्ति भएको मानिएको छ ।

लाइको गिरफ्तारीपछि अधिकारकर्मीहरुले चीनले नयाँ कानुनको प्रयोग त्यहाँको स्वतन्त्र प्रेस र आलोचनालाई दबाउनको लागि प्रयोग गर्नेप्रति चिन्ता व्यक्त गरेका छन् । लाइको कम्पनी नेक्स्ट डिजिटलले एपल डेली नामको अखबार प्रकाशित गर्न जसले हङकङ सरकार र चिनियाँ नेतृत्वको बारेमा नियमित लेख्ने गर्छ । चिनियाँ अधिकारीहरु, प्रो बेइजिङ मिडिया र चीन सरकार नियन्त्रित मिडियाहरुले उनको निन्दा गरिरहन्छन् ।

सोमबार बिहान करिब १०० जना प्रहरीले नेक्स मिडियाको मुख्यालयमा छापा मारेको भिडियो अखबारले अनलाइनमा लाइभ स्ट्रिम गरेको थियो । प्रहरीहरुले त्यहाँका पत्रकारहरुलाई बन्दुकको आडमा रोकेको र लाइसहित कम्पनीका मुख्य कार्यकारी चेउंग किम हुंगलाई प्रहरीले हतकडी लगाएर लिएर गएको देखिएको थियो । एप्पल डेलीको समाचार अनुसार लाइमाथि अर्को देश र विदेशी समूहसँग साँठगाँठ गरेको आरोप लगाइएको छ । लाइका २ छोराहरु पनि पक्राउ परेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *