श्रीमतीको जीवन लम्ब्याउन ६ बर्ष ब्रत बसेँ,उनलाई सम्झेर अहिले पनि रुन्छु: मदनकृष्ण श्रेष्ठ

डिसी नेपाल
२७ साउन २०७७ ६:५१

काठमाडौं। क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुर तथा क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर जितेकाहरुको मनोबल उच्च राख्ने र आफ्नो जिम्मेवारी तथा दायित्व बोध गर्दै जीवनलाई रमाईलो तरिकाले बाच्न सिकाउँने उदेश्यले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

विगतमा बच्चाहरुका लागि र्याम्प शो, बष्यकका लागि टीकटक प्रतियोगिता गर्दै आएको क्यान्सर सपोर्ट ग्रुपले यसपटक बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाई जुम मार्फत कविता प्रतियागिता गरायो।

इच्छा भए उपाय अनेक भनेझैं देशनै कोरोनाको चपेटामा परेको बेला कोरोना जितेर आफ्नो स्वास्थ्य उपचार लगायतका बिषयमा चिन्तित बिरामीलाई थप तनाव हुनुहुन्न र उनीहरुको जीवन हासिखुशी जिउन सक्ने आधारको खोजिगर्दै आएकी क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वरुपा श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका अध्यक्ष प्रा.सुधिर श्रेष्ठले क्यान्सर जितेका बिरामीहरुको सकृयताका लागि खोजी खोजी प्रतियोगितामा भाग लिन लगाएको क्यान्सर विजेता तथा कविता प्रतियोगिताको पनि प्रथम बिजेता गंगा केसीले बताइन्।

कविता प्रतियोगिताका बिजेताहरु प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ सम्मलाई सेलिब्रेटी अवार्डको बरिष्ठ कलाकार श्रेष्ठले घोषणा गरे। उनले सेलिबे्रटी अवार्ड हातपार्नेमा मोर्डल डली गुरुङ, गायक संगिता शाक्य, जेष्ठ नागरिक तारा प्रसाद त्रिपाठी, लोकेश्वरी शाक्य, गिता चित्रकार भएको उद्घोष गरे। सोही अवसरमा बरिष्ठ कलाकार श्रेष्ठले आफूले पहिला लेखेका गितहरु तिमी जुन जस्तै लाग्छ भन्ने बोलको गित आज आफ्नै जीवनमा त्यस्तै भोगेको छु भन्दै निकै दुःखी भए। उनले विजेताको नाम पढेर सुनाएसँगै हरेक शब्दमा श्रीमती बितेपछिको आफ्नो जीवन एक्लो र प्राय शून्य भएको सुनाए। महिलाहरुले श्रीमानको आयुका लागि ब्रत बस्छन,मैले पनि मेरो श्रीमतीको जीवन बचाउनका लागि ६ बर्ष ब्रत बसें।

यदि मैले मेरो श्रीमतीलाई बचाउन हरेक प्रयत्न गरेको थिइन र उनका नाममा ब्रत बसेको थिइन भने उनले मलाइ ६ वर्ष पहिला नै यो संसारमा एक्लो पारेर जाने थिइन्। श्रीमतीले छोडेर गएपछि दिमागै बन्द भए जस्तो भयो। पहिला कति नाच्ने, गाउँने, हास्ने, रमाउने, गित, व्यग्य लेख्ने मान्छे आज तेसै तेसै हराएको छु । उनको मृत्यु पछि उनैमा समपर्ण गरेर गित लेखेको छु।

अहिले पनि म श्रीमतीको सम्झनामा एकलै बसेर रुन्छु र मनलाई धोएर आफुलाई शान्त पार्छु श्रेष्ठले भन्नुभयो । क्यान्सर जितेका १० जनाले आफ्नो अनुभव सहित जुमका माध्यमबाट कविता वाचन गरेर सुनाउनुका साथै आफ्ना भोगाई पनि साटेका थिए । यो देख्दा र सुन्दा उहाँले हरेक क्षण श्रीमतीको सम्झना मात्र गरेनन् व्यक्त गरेर सुनाएकाे नेपाल समाचारपत्रले लेखेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *