कोरोनाका कारण उत्तरप्रदेशका मन्त्री तथा पूर्व क्रिकेटर चौहानको निधन
काठमाडौं (एजेन्सी)। कोरोनाका कारण भारतको उत्तरप्रदेशका मन्त्री तथापूर्व भारतीय क्रिकेटर चेतन चौहानको आइतबार निधन भएको छ। उत्तर प्रदेशका होमगार्ड मन्त्री रहेका चौहानको दिल्लीस्थित मेदान्ता अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उनका भाई पुष्पेंद्र चौहानले समाचार एजेंसी पीटीआईसँग उनको मृत्यु भएको पुष्टि गरेका छन्। उनी कोरोना संक्रमित थिए।
७२ वर्षीय चौहानको उपचार मेदान्ता अस्पतालमा भइरहेको थियो। उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो। उनी गएको महिना १९ जुलाईमा कोरोना पोजेटिभ भएका थिए।
कोरोनाका कारण उत्तर प्रदेश सरकारका दुई मन्त्रीको निधन भएको छ। यसअघि मन्त्री कमला रानी वरुणको पनि कोरोनाका कारण निधन भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment