विश्वभर कोरोना : २ करोड ३० लाख बढी संक्रमित, ८ लाखको मृत्यु
काठमाडौं। विश्वको २ करोड ३० लाख बढी जनसंख्यालाई कोरोनाले प्रत्यक्ष प्रभावमा पारेको छ। करिव २ सय बढी देशमा फैलिएको कोरोनाले २ करोड ३० लाख ९८ हजार बढीलाई संक्रमित बनाएको छ। ८ लाख बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् भने १ करोड ५६ लाख ९० हजार कोरोना संगको लडाइमा बिजयी भएका छन्।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान प्रान्तमा देखिएको कोरोनाको सबै भन्दा बढी प्रभाव अमेरिकामा परेको छ। अमेरिकामा हालसम्म ५७ लाख ९६ हजार ५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा मात्र करिव ५० हजार बढी संक्रमित अमेरिकामा देखिएका छन्। हालसम्म अमेरिकामा कोरोनाबाट १ लाख ७९ हजार बढीको मृत्यु भइसकेको छ भने करिव ३१ लाख २१ हजार ५ सय बढी संक्रमितहरु निको भएका छन्।
अमेरिकापछि कोरोनाको सबै भन्दा बढी प्रभाव ब्राजिलमा परेको छ। ब्राजिलमा हालसम्म ३५ लाख ३६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या पनि उच्च नै रहेको छ। हालसम्म करिव सवा लाखले कोरोनाका कारण ब्राजिलमा मात्र ज्यान गुमाएका छन्।
भारत पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ। गत २४ घण्टामा मात्र करिव ७० हजार बढी कोरोनाका संक्रमित भारतमा थपिएका छन्। योसँगै २९ लाख ७३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोनाका कारण भारतमा ५५ हजार बढीले ज्यान गुमाईसकेको छन भने २२ लाख २० हजार बढी उपचारपछि निको भएर घर फर्केका छन्।
गएको २४ घण्टामा मात्र विश्वमा २ लाख ४७ हजार ८ सय बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार ८ सय बढीको मृत्यु भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment