जापानले विदेशी विद्यार्थीका लागि प्रवेश खुला गर्दै

डिसी नेपाल
६ भदौ २०७७ १५:४८

काठमाडौं। जापानले विदेशी विद्यार्थीलाई आफ्नो देशमा प्रवेशका लागि लगाएको प्रतिबन्ध हटाउने भएको छ । कोरोनाभाइरसको प्रसार रोक्नको लागि लगाइएको यस्तो प्रतिबन्ध यही अगष्ट महिनाको अन्त्यसम्ममा हटाइने सरकारी स्रोतलाई उद्धृत गर्दै क्योदोन्यूजले लेखेको छ । जापानमा बस्न अनुमति पाएका विदेशी नागरिकलाई पुनः प्रवेशमा लगाइएको प्रतिबन्ध पनि सेप्टेम्बर महिनामा जतिसक्दो चाँडो खुला गरिने बताइएको छ ।

सबैभन्दा पहिले जापान सरकारले प्रायोजन गरेका विदेशी नागरिकको लागि प्रवेश खुला गरिनेछ । त्यसपछि आफ्नै खर्चमा पढ्न जाने विद्यार्थीले प्रवेश पाउनेछन् । जापान प्रवेश गर्ने सबै विदेशीहरुले पोलिमरेज चेन रिएक्सन टेस्ट गराउनुपर्नेछ र जापान प्रवेश गर्ने बेला आफूहरु भाइरसबाट संक्रमित नभएको प्रमाण पेश गर्नुपर्नेछ । जापान प्रवेश गरिसकेपछि उनहिरु २ हप्ताको लागि सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *