अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनले गणेश चतुर्थी मनाउनेलाई दिए शुभकामना सन्देश
न्यू योर्क (एजेन्सी)। अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टी उम्मेदवार जो बाइडेनले गणेश चतुर्थी मनाउने सबै हिन्दु धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले संसारभर गणेश चतुर्थी मनाउने तपाईँ सबैलाई शुभकामना भनेका छन्। उनले भनेका छन्, ‘तपाईँ सबै ज्ञानबाट धन्य हुनुहोस र नयाँ शुरुआतका लागि बाटो खोज्नुहोस्।’
अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ। बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपतिका दुबै उम्मेदवारहरुले मतदाताहरुलाई आफूतर्फ आकर्षित गर्न कुनै कसर बाँकी राखेका छैनन्।
To everyone celebrating the Hindu festival of Ganesh Chaturthi in the US, India, and around the world, may you overcome all obstacles, be blessed with wisdom, and find a path toward new beginnings: US Democratic presidential nominee Joe Biden (file photo) pic.twitter.com/doVtORCfqQ
— ANI (@ANI) August 22, 2020







डिसी नेपाल








Facebook Comment