अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनले गणेश चतुर्थी मनाउनेलाई दिए शुभकामना सन्देश

डिसी नेपाल
६ भदौ २०७७ २१:०६

न्यू योर्क (एजेन्सी)। अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टी उम्मेदवार जो बाइडेनले गणेश चतुर्थी मनाउने सबै हिन्दु धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले संसारभर गणेश चतुर्थी मनाउने तपाईँ सबैलाई शुभकामना भनेका छन्। उनले भनेका छन्, ‘तपाईँ सबै ज्ञानबाट धन्य हुनुहोस र नयाँ शुरुआतका लागि बाटो खोज्नुहोस्।’

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ। बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपतिका दुबै उम्मेदवारहरुले मतदाताहरुलाई आफूतर्फ आकर्षित गर्न कुनै कसर बाँकी राखेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *