कोरोनासँग जुध्न अनौठो प्रयोग, जर्मनमा ४००० मानिस सहभागी कन्सर्ट, भीडमा कसरी फैलिन्छ कोरोना?

डिसी नेपाल
८ भदौ २०७७ ६:४५

एजेन्सी। यो तस्वीर जर्मनीको लिपजिगको स्टेडियमको हो। यहाँ कोरोना महामारीबीच एउटा अनौठो प्रयोग गरिएको छ। भीडमा कोरोनाको प्रसार कसरी हुन्छ भनेर थाहा पाउनका लागि म्युजिकल कन्सर्ट आयोजना गरिएको थियो। रिस्टार्ट–१९ नाम दिइएको कन्सर्टमा ४००० मानिस सहभागी भएका थिए।

जर्मन गायक टिम बेन्जकोले यहाँ प्रस्तुती दिएका थिए। जर्मनीको युनिभर्सिटी हस्पिटल हैलेद्वारा आयोजित कन्सर्टमा प्रवेश गर्ने समयमा स्वयंसेवकले तापक्रम जाँच गरेका थिए। विगत ४८ घण्टाका क्रममा उनीहरुको कोरोना टेस्ट पनि गरिएको थियो।

स्वयं सेकवले गरेको कोरोना टेस्ट नेगेटिभ हुन आवश्यक थियो। उक्त सन्सर्टमा चार हजार मानिस सहभागी भएका थिए। यो खोजको नतिजा ४ देखि ६ हप्तामा जारी गरिने बताइएको छ। कन्सर्टमा सहभागी हुने मानिसको घाँटीमा लगाउन एउटा डिभाइस पनि दिइएको थियो।

तीन स्तरमा कन्सर्ट आयोजना भएको थियो। पहिलो स्टेपमा थोरै पनि सामाजिक दुरी कायम गरिएको थिएन। दोस्रो चरणमा केही सामाजिक दुरी कायम गरिएको थियो भने तेस्रो चरणमा धेरै समाजिक दुरी कायम गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *