प्रश्न सोध्ने पत्रकारलाई राष्ट्रपतिले सार्वजनिक रुपमै दिए मुखमा मुक्का हानिदिने धम्की

डिसी नेपाल
८ भदौ २०७७ १०:१०

काठमाडौं। ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले एक पत्रकारलाई मुखमा मुक्का हान्ने धम्की दिएका छन् । पत्रकार सम्मेलनमा ती पत्रकारले राष्ट्रपति बोलसोनारोकी श्रीमतीको बैंक खातामा रहस्यमय रुपमा एक पूर्व पुलिस अधिकारीले जम्मा गरेको रकमबारे प्रश्न सोधेका थिए । यो रकम भष्टाचारसँग सम्बन्धित हुन सक्ने आशंकासहित ती पत्रकारले प्रश्न सोधेपछि आक्रोशित राष्ट्रपति बोलसोनारोले भने ‘म तपाइँको मुखमा मुक्का हान्न चाहन्छु ।’

ब्रासिलियामा आयोजित साप्ताहिक बैठकमा राष्ट्रपति बोलसोनारोले पत्रकारहरुसँग कुरा गरिरहेका थिए । त्यही क्रममा ओ गलोबोका पत्रकारले उनलाई यस्तो प्रश्न सोधेका थिए । राष्ट्रपतिको यस्तो अभिव्यक्तिपछि पत्रकारहरुले विरोध गर्न सुरु गरे र बिना कुनै टिप्पणी राष्ट्रपतिले पत्रकार सम्मेलन अन्त्य गरिदिए । ओ गलोबोका पत्रकारले क्रुसो पत्रिकामा छापिएको एक रिपोर्टको आधारमा भ्रष्टाचार स्किममा राष्ट्रपतिकी पत्नी मिशेल बोलसोनारो, सेवा निवृत्त पुलिस अधिकारी फेब्रिकियो क्युरिज, राष्ट्रपतिका मित्र र उनका छोरा फ्लोभियो बोलसोनारोका पूर्व सल्लाहकारको सम्बन्ध रहेकोबारे राष्ट्रपतिसँग प्रश्न सोधेका थिए ।

क्युरिज र फ्लेभियो बोसोनारोमाथि कर्मचारीले सरकारलाई ठगेको एक केसमा अनुसन्धान चलिरहेको छ । यो केस त्यतिबेलाको हो जतिबेला बोलसोनारोका भाइ रियो डी जेनेरियोमा क्षेत्रीय कानुन निर्माता थिए । पत्रिकाका अनुसार २०११ देखि २०१६ सम्म क्युरिजले बोलसोनारोकी पत्नीको खातामा रकम जम्मा गरेका थिए । यो विषयमा मिशेल बोलसोनारोले केही भनेकी छैनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *