विश्वभर कोरोना : २४ घण्टामा २ लाख बढी संक्रमित, ४ हजार बढीको मृत्यु

डिसी नेपाल
९ भदौ २०७७ ७:१२

काठमाडौं। विश्वभर कोरोनाका २ लाख १२ हजार बढी संक्रमितहरु थपिएका छन्। कोरोनाका कारण ४ हजार बढीले २४ घण्टामा ज्यान गुमाएको वल्डोमिटरको तथ्याङ्कमा देखाएको छ।

गत २४ घण्टामा सबैभन्दा बढी भारतमा करिव ६० हजार बढी कोरोनाका संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोनाका कारण ३१ लाख ६४ हजार ८ सय बढी संक्रमित भएका छन्। वल्डोमिटरका अनुसार करिव साढे ८ सयले कोरोनाका कारण २४ घण्टामा ज्यान समेत गुमाएका छन्। यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ हजार ५ सय बढी रहेको छ।

गत २४ घण्टामा भारत पछि अमेरिकामा ४१ हजार ४ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५९ लाख १५ हजार ५ सय बढी रहेको छ। साथै कोरोनाका कारण गत २४ घण्टामा अमेरिकामा ५ सय बढीले ज्यान गुमाएका छन्। अमेरिकामा हालसम्म ज्यान गुमाउनेको संख्या १ लाख ८१ हजार १ सय बढी रहेको छ।

गत २४ घण्टामा कोरोनाका संक्रमित थपिनेहरुमा अमेरिकापछि ब्राजिल रहेको छ। ब्राजिलमा गत २४ घण्टामा २१ हजार ४ सय बढी संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कोरोनाका संक्रमितको संख्या ३६ लाख २७ हजार २ सय बढी रहेको छ। यस्तै कोरोनाबाट गत २४ घण्टामा ब्राजिलमा करिव ७ सयको मृत्यु भइसकेको छ। यो सँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु वरण गर्नेको संख्या १ लाख १५ हजार ४ सय बढी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *