चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु
सांकेतिक तस्वीर
चितवन। चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ।
स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो। उनीको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।
यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो। जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ। रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment