सगुनको मिनी आईपीओमा सेप्टेम्बर ३०सम्म लगानी गर्ने मौका

डिसी नेपाल
१५ भदौ २०७७ ०:२९

वाशिंगटन। सोशनल स्टार्ट अप कम्पनी सगुनको मिनी आईपीओमा आगामी सेप्टेम्बर ३०सम्म लगानी गर्न पाइने भएको छ। कम्पनीले लगानीको अवसर नगुमाउन आग्रह गरेको छ।

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट अप कम्पनी सगुनले जारी गरेको मिनी आईपीओमा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको जनाएको छ।

संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशन (एससीई)ले यसै वर्षको शुरुमा सगुनलाई मिनी आईपीओ जारी गर्न अनुमति दिएको थियो। जस अनुसारसगुनले नेपाल, उत्तर कोरिया र इरान बाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रति शेयर ३० डलरका दरले ग वर्गको धितोपत्र बिक्री गर्न पाउने छ।
नेपाल सरकारले विदेशी मुद्रामा देश बाहिर रहेका कम्पनीहरूको शेयर खरिद गर्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी कानुनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकन कम्पनीहरुको शेयर खरिद गर्न रोक लगाएको छ।

‘सन् २०२० मा कम्पनीले धेरै उत्साह जनक प्रगति गरेको छ’, सगुन इंकका संस्थापक गोविन्द गिरीले भने। फलस्वरूप यो वर्ष अमेरिका तथा अन्य देशका संस्थागत लगानीकर्ताहरुले सगुनसंग जोडिन रुचि देखाउदै आएका छन् । त्यसैले दोश्रो मिनी आईपीओ अन्तर्गतको शेयर बिक्री सेप्टेम्बर ३०, २०२० अर्थात् अबको एक महिना सम्म मात्रै खुला गर्ने निधो गरिएको सगुनले जनाएको छ। ‘सोही अवधि भित्र शेयर किनेर सगुनको निकट भविष्यमा हुन सक्ने आकर्षक प्रतिफल प्राप्त गर्ने बाटो सुनिश्चित गर्न हामी हाम्रा सबै शुभचिन्तकहरुलाई आग्रह गर्दछौं’, उनले भने।

आउदो वर्षको अन्त्य सम्ममा सगुनले अमेरिकाको बैकल्पिक दोश्रो धितोपत्र (Alternative Secondary Market (ATS) बजारमा सहभागी हुने योजना बनाएको छ ।

https://www.sagoon.com/invest मा गएर सगुनका शेयरहरु किन्न सकिने छ।

गएको जनवरी २०२० यता सगुनका प्रयोगकर्ताहरुको संख्या ४५ लाखले थपिएको छ भने अहिलेसम्म विश्वव्यापी कुल प्रयोगकर्ताहरुको संख्या ८१ लाख नाघेको छ।
जनवरी २०२० यता सगुन प्रयोगकर्ताहरुले १.२ अर्ब स्मार्ट कोइनहरु कमाएका छन् जसमध्ये २२ करोड ८० लाख स्मार्ट कोइनहरु किनमेल गर्न खर्च गरिसकेका छन्।

नेपाल तथा भारतमा प्रयोगकर्ताहरु माझ सगुन लोकप्रिय बन्दै जाँदा त्यहाँ रहेका प्रतिष्ठित व्यवसायहरुसंग सगुनको साझेदारी पनि बढी रहेको छ। नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसंग सहकार्य भै सकेको छ भने मिनिसो, नबिल बैंक र अमेजन इन्डियासंग सहकार्यको प्रक्रिया अगाडी बढेको छ ।
सगुनले आउँदो चार महिना भित्र च्याटिंग, मनोरन्जनात्मक भिडियो र किनमेल गर्न सघाउने फिचरहरु सहितका थुप्रै उत्पादनहरु बजारमा ल्याउने तयारी गरिरहेको छ।
‘सगुनको को विश्वव्यापी टिममा हालै प्रतिष्ठित तथा व्यावसायिक व्यक्तिहरु जोडिनु भएको छ, जसबारे हामी छिट्टै जानकारी गराउने छौं। हाम्रा प्रयोगकर्ताहरुका लागि राम्रो उत्पादन उपलब्ध गराउन हाम्रो टिमले रात दिन काम गरिरहेको छ। अहिले हरेक महिना दश लाख नयाँ प्रयोगकर्ताहरु सगुनसंग जोडिइरहेका छन् र नेपालमा सबैभन्दा बढी डाउनलोड गरिने एपहरु मध्ये सगुन पाँचौं स्थानमा पुगेको छ। हामीप्रति स्नेह र विश्वास देखाउनु हुने सबै प्रति हामी हृदयदेखि नै आभार व्यक्त गर्दछौं,’ सगुनका संस्थापक गिरीले भने।

थप जानकारीका लागि सम्पर्क : media@sagoon.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *