मंगलबार कुवेतबाट १५३ नेपाली स्वदेश फर्कदै

डिसी नेपाल
१५ भदौ २०७७ १८:१९

काठमाडौं । मंगलबार (भोली) कुवेतबाट काठमाडौंका लागि चार्टर्ड उडान हुने भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार मंगलबार बिहान नेपाल एयरलाइन्सको जहाजले काठमाडौंका लागि उडान भर्ने भएको हो ।

दूतावासका अनुसार सो उडानमार्फत यसअघि दूतावासमा नाम दर्ता गरी नेपाल एयरलाइन्सबाट टिकट लिएका १५३ जना नेपाली फर्किदैछन् ।

उडान कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ बाट बिहान १० ः ३५ बजे हुनेछ । दूतावासले यात्रुहरुलाई बिहान साढे ६ बजेभित्रमा विमानस्थलमा पुग्न अनुरोध गरेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *