ललितपुरको झडप नियन्त्रण गर्न खटिएका १८ जना प्रहरी कोरोना संक्रमित

डिसी नेपाल
१९ भदौ २०७७ १९:०४
16
Shares

काठमाडौं। रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा बिहीबार ललितपुरको पुल्चोक क्षेत्रमा भएको झडप नियन्त्रण गर्न खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण् भएको पुष्टि भएको छ।

स्रोतका अनुसार त्यहाँ खटिएका कमाण्डर प्रहरी निरीक्षकसहित १८ जना प्रहरीमा कोरोना देखिएको हो। उनीहरु सबैलाई शुक्रबार आइसोलेशनमा पठाइएको स्रोतले जनाएको छ।

बिहीबार रातो मछिन्द्रनाथको रथ तान्न प्रशासनले रोक लगाए पनि स्थानीयले हुल्दंगा गरेका थिए। प्रहरीले रोक्न खोज्दा झडपसमेत भएको थियो। झडपमा ४ प्रहरी, ७ सशस्त्र प्रहरी, ४ जना पत्रकार र एकजना बटुवा घाइते भएका थिए।

एकजना ट्राफिक प्रहरीमाथिसमेत निर्मम कुटपिट भएको थियो। बिहीबार झडप भएपछि शुक्रबार कर्फ्यू लगाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *