दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
काठमाडौं। युवा अधिकारकर्मीले कोभिड–१९ ले दिगो विकास लक्ष्य प्राप्तिमा गम्भीर प्रभाव पारेको र त्यसको समाधानका लागि आफूहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने औँल्याएका छन् । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र उनीहरुले खेलिरहेको भूमिकालाई अनुभव साटासाट गर्ने उद्देश्यले युथ एडभोकेसी नेपालद्वारा आइतबार भर्चुअल माध्यमबाट आयोजित ‘दक्षिण एसियाली सम्मेलन’ मा विभिन्न देशका युवाले शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विविध समस्यालाई सरकारले समाधान गर्नुपर्ने माग गरेका छन् ।
सम्मेलनमा युएनभीका एसिया प्रशान्त क्षेत्रीय प्रवन्धक सलिना मियाँले कोभिड–१९ ले दिगो विकास लक्ष्यमा पारेको समस्या समाधानका लागि युवा स्वयंसेवालाई प्रवद्र्धनसँगै राज्यले विशेष नीति अख्तियार गर्नुपर्ने बताए। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोभिड–१९ का कारण दक्षिण एसियाली युवामा मनोवैज्ञानिक समस्या थपिएको उल्लेख गर्दै उनीहरुबीचको समन्वय तथा सहकार्यलाई बढाउनुपर्नेमा जोड दिए।
युनेस्को नेपालका शिक्षा प्रमुख बलराम तिमल्सिनाले युवाको सम्भावना र क्षमताको व्याख्या गर्दै उनीहरुलाई राज्यको नीति निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा अर्थपूर्ण सहभागिताको सुनिश्चित गरिनुपर्नेमा जोड दिए। सम्मेलनमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलंका र अफगानिस्तानका ११ युवाको सहभागिता थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment